२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फागुनसम्म नेपालमा काम गर्न ५८९ जना विदेशीले लिए श्रम स्वीकृति

फागुनसम्म नेपालमा काम गर्न ५८९ जना विदेशीले लिए श्रम स्वीकृति

1.1K
Shares

काठमाडौं – चालु आर्थिक वर्ष आव२०८०– ८१ को आठ महिनामा नेपालमा काम गर्ने उद्देश्यले ५८९ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार फागुनसम्म सो संख्यामा विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् ।
फागुन महिनामा मात्र २९ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरणको संख्या ८५० पुगेको छ । फागुनमा मात्र ६३ जना विदेशी कामको नेपालमा श्रम स्वीकृति नवीकरण भएको थियो ।

विभागले नेपालमा काम गरिरहेका विदेशी नागरिकले श्रम स्वीकृति लिएको वा नलिएको सम्बन्धमा अनुगमन समेत गर्ने गरेको छ । ८ महिनामा कुल २८ वटा प्रतिष्ठानमा यस्तो अनुगमन भएको तथ्यांक विभागको छ । फागुनमा मात्र ३ वटा प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यो अवधिमा ३१७ वटा श्रम विवाद समाधान गरिएको विभागले जानकारी गराएको छ ।
८ महिनामा एउटा ट्रेड यूनियन महासंघ दर्ता भएको छ । ट्रेड यूनियन संघ ६ वटा दर्ता भएका छन् । १४ वटा संघको नवीकरण भएको समेत विभागको तथ्यांक छ । एउटा महासंघ नवीकरण भएको विभागले जनाएको छ । यस अवधिमा ५० वटा कम्पनीलाई श्रमिक आपूर्तिकर्ता इजाजत पत्र प्रदान गरिएको छ ।

श्रमिक आपूर्तिकर्ता इजाजत पत्र नवीकरणको संख्या ३१७ रहेको विभागले जनाएको छ । यस अवधिमा विभागले श्रमिक आपूर्तिकर्ता कम्पनीको २३२ वटा निरिक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij