२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साना किसान विकास लघुवित्तको शेयर बिक्रीमा

साना किसान विकास लघुवित्तको शेयर बिक्रीमा

2.8K
Shares

काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको ३० हजार कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो ।

यस शेयरमा आज (चैत्र १९ गते)देखि वैशाख २३ गतेसम्म आवेदन खुल्ला रहनेछ । आवेदन साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा वढी मूल्य कबोल गरि बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि न्यूनतम एक हजार कित्ता र अधिकतममा चार हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल–काठमाडौं वा संस्थाका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान वा अत्तरियामा पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij