२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आगामी बजेटको लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

आगामी बजेटको लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

1.3K
Shares

काठमाडौं– अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। मन्त्रालयले आज सोमबार एक सूचना जारी गर्दै अनलाइन मार्फत सुझाव उपलब्ध गराउन भनेको हो ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी २०८१ वैशाख मसान्तभित्र उपलब्ध गराई सहयोग गरिदिन मन्त्रालयले सम्पूर्ण संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकमा अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab मार्फत तथा इमेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने छ । आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij