काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन लघुवित्तको ५.४२२२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ६६४ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ७०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij