२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एचआइडीसीएलको संस्थापक सेयर बिक्रीमा

एचआइडीसीएलको संस्थापक सेयर बिक्रीमा

1.2K
Shares

काठमाडौं –  हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले पौने २ करोड बढी कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक सेयरधनी समूह क उप समूह क–२ को अन्य संस्थापकअन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले आगामी चैत २५ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने जनाएको छ ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू नयाँ बानेश्वर, विर्तामोड, विराटनगर,जनकपुर, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरूमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति आगामी वैशाख ९ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij