काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ३० अंकले घटेर २,०१८ को विन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
निर्जीवन बीमा कम्पनीको शेयर मूल्यमा मात्र सुधार देखिएको छ । उक्त समूह ०.१२ प्रतिशतले बढेको हो । आज अन्य १२ उपसूचक राताम्य भएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij