२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवाका ग्राहकले गौतम होटलमा छुट पाउने

कामना सेवाका ग्राहकले गौतम होटलमा छुट पाउने

975
Shares

काठमाडौं– कामना सेवा विकास बैंकले Gautam Hotel Bardibas सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। बैंक र सो होटलबीच शुक्रबार सम्झौता भएको हो। सो होटल धनुषामा रहेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij