२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

1.4K
Shares

काठमाडौं – एनएमबि बैंकको ५२ हजार बढी कित्ता शेयर आज चैत १६ गतेबाट बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ५२ हजार १७२ कित्ता शेयर बिक्रीम राखिएको छ।

यो शेयरमा विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत २२ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij