काठमाडौं– बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय यस्ता छन् :
आर्थिक वर्ष २०८१/८२ का लागि राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम ७ प्रदेशको लागि ७७ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि पनि ७७ अर्ब ५० करोड स्वीकृत गरिने।
वित्तीय समानीकरण अनुदानको परिमाण ७ प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृत गर्ने ।
नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने ।
नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने ।
संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन)ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गरिने ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij