काठमाडौं – सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा राजेन्द्र बहादुर लामासहित ३ जनालाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ३ सदस्यमा काभ्रेका राजेन्द्रबहादुर लामा, पोखराका ऋषिराम भण्डारी र धादिङका रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)