काठमाडौं – सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।
आज एक कार्यक्रमबीच भएको सम्झौतापत्रमा सिद्धि हाइड्रोका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सिद्धि हाइड्रोको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ।
सिद्धि हाइड्रोले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत आयोजना’ इलाम जिल्लामा अवस्थित रहेको छ। यो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij