२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण

नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण

1.9K
Shares

काठमाडौँ- नेपाल र भारतबिच नियमित रूपमा हुँदै आएको विद्युत् आयात सम्झौता नवीकरण भएको छ । सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि भएको हो।

सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ ।

त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने प्राधिकरणको भनाई छ । अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।

असारपछि नेपालसँग पर्याप्त विद्युत् हुने र निर्यात समेत सुरु हुने भएकाले यो सिजनलाई आपूर्तिमा समस्या नहुने ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहको भनाई छ । भारतबाट ५५४ मेगावाट विद्युत् आयात गर्दा पनि नेपालको माग धान्न सकिने सिंहको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij