काठमाडौं – आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ७८ प्रतिशतले बढेर २,०३५ को विन्दुमा भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँको शेयर काारेबार भएको छ । आज आठ उपसूचकमा हरियाली आएको छ । विकास बैंकको ०.१६ प्रतिशत, फाइनान्स समूहको ०.४८ प्रतिशत, हाइड्रोपावर समूहको ०.३२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.८२ प्रतिशतले शेयर मूल्य बढेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij