२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्यमा नयाँ रेकर्ड

सुनको मुल्यमा नयाँ रेकर्ड

3.9K
Shares

काठमाडौं – आज सुनको मुल्यले नयाँ रेकर्ड नै कायम गरेको छ । यस अघि चैत ८ गते हालसम्मकै महंगो १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड तोड्दै आज सुनको मुल्यले नयाँ किर्तीमान बनाई १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij