२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

1.5K
Shares

काठमाण्डौ – तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै चैत ७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ४० करोड रुपैयाँको रु.१०० अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij