२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘आइसी डिजाइनर रनवे’मा आधा दर्जन सेलिब्रेटीले फेसन प्रदर्शन गर्ने

‘आइसी डिजाइनर रनवे’मा आधा दर्जन सेलिब्रेटीले फेसन प्रदर्शन गर्ने

790
Shares

काठमाडौँ – अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुने भएका छन् । आगामी शुक्रबार अर्थात चैत्र १६ (मार्च २९)गते होटल याक एण्ड यतिमा आयोजना हुने १३औं ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा बिभिन्न आकर्षक पहिरन सहित र्याम्पमा प्रस्तुत हुन लागेका हुन् ।
जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको ‘आइसी डिजाइनर रनवे’मा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तराष्ट्रिय मोडलको समेत सहभागीता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरु प्रस्तुत गर्नेछन् ।
अन्तराष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीकोको समेत सहभागिता रहने शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’लाई प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ बिद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ । ‘आइससी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । बिगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सोको अवको सिजमा ‘आइसी डिजाइनर रनवे’को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij