२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल मनि विकका अवसरमा एभरेष्ट बेैंकद्वारा विभिन्न कार्यक्रम सम्पन्न

ग्लोबल मनि विकका अवसरमा एभरेष्ट बेैंकद्वारा विभिन्न कार्यक्रम सम्पन्न

915
Shares

काठमाण्डौ – एभरेष्ट बेैंकले ग्लोबल मनि विकका अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रमअन्तर्गत ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरेको जनाएको छ ।

ती कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकले देशभरका आफ्ना १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij