२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआरएनए र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सहकार्य गर्ने

एनआरएनए र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सहकार्य गर्ने

1.2K
Shares

 

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र  व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट  कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यम नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन गर्ने, स्वदेश तथा विदेशमा नेपाली मौलिक सामान प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्ने सहमति भएको छ । सो अवसरमा संघका कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, संघकी सचिव टीका गुरुङ, अधिकृत कुनाल मिश्र लगायत पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij