२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पे मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस पाइने

आइएमई पे मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस पाइने

1.6K
Shares

काठमाण्डौ – डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिट्यान्सप्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । गत फागुन १० गतेबाट सुरु भएको सो अफर  दुइ महिना सम्म रकायम रहने कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत विदेशमा रहेकाहरुले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनस सम्म पाउन सक्ने कम्पनीले जनाएको छ  ।

मनि ग्राम  बाहेक अन्य रेमिट्यान्स सेवाहरु अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम  आइएमई पे  मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।  आइएमई पे’मार्फत संसार को कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij