२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकको आग्रह – सुरक्षित डिजिटल वित्तीय कारोबार गर्नु

राष्ट्र बैंकको आग्रह – सुरक्षित डिजिटल वित्तीय कारोबार गर्नु

1.1K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न सूचित गरेको छ। केन्द्रीय बैंकले सम्भावित ठगीबाट बच्न र गैर कानुनी कारोबारबाट टाढा रहन आह्वान गरेको छ । हो ।

अरू कसैको नागरिकता,फोटो र टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गर्नेहरू सलबलाएको भन्दै सम्भावित ठगीबाट बच्न राष्ट्रबैंकले अनुरोध गरेको छ ।

साथै ,क्रिप्टोकरेन्सी खरिदबिक्री गर्ने, बेटिङसम्बन्धी कारोबार गर्ने,यस्ता गैर कानुनी कारोबारमा समस्या भए मद्दत गर्छु भनी ठगी गर्ने,डर त्रास देखाई रकम असुली गर्ने,विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्ने जस्ता घटना हुने गरेको पाइएकाले यस्ता वित्तीय जोखिमप्रति सजग रही आफ्नो महत्त्वपूर्ण व्यक्तिगत विवरण तथा कागजात सुरक्षित र गोप्य राख्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता,खाता नम्बर,क्युआर,ओटिपि पिन कोड पासवर्ड जस्ता आफ्ना गोप्य विवरण कसैलाई नदिन राष्ट्र बैंकले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij