२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गजल हे मातृभूमिको श्रव्यदृश्य सार्वजनिक

गजल हे मातृभूमिको श्रव्यदृश्य सार्वजनिक

1.2K
Shares

काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्यालको हे मातृभुमि गजलको श्रव्य–दृश्य सार्वजनिक गरिएको छ । सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको गजलमा श्रेष्ठ स्वयंको अभिनय छ ।

शनिबार नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा गीतकार, समालोचक प्राडा कृष्णहरि बराल र समालोचक प्रा. रमा शर्माले उक्त गजलको श्रव्य–दृश्य सार्वजनिक गरे । अग्रज स्रष्टाप्रतिको सम्मान गर्ने परम्परालाई सिर्जनशील रूप दिँदै आएका सन्तोषले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्’को पनि श्रव्य–दृश्य सार्वजनिक गरिसकेका छन् ।

श्रव्य–दृश्यको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् भने सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij