२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

765
Shares

काठमाडौं – कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय बीरगञ्जद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकले ‘ग्लोबल मनि विक-२०२४’ को अवसरमा चैत्र ८ गते बीरगञ्ज पब्लिक कलेजमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंक शाखा कार्यालय वीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटीले ‘ग्लोबल मनि विक-२०२४’ को शुरुवात सन् २०१२ मा भएको र हालसम्म आइपुग्दा विश्वका १७६ भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रमहरु गरि मनाउने गरिएको उल्लेख गरे । बैंकका उप–महाप्रबन्धक डा.बाबूकाजी थापाले ग्लोबल मनि विक २०२४ को अवधारणा, महत्व एवं कृषि विकास बैंकले वित्तीय साक्षरता अभिबृद्धिको लागि गरि रहेको कार्यक्रमहरु साथै बैंकका सेवाहरु बारे समेत संक्षेपमा जानकारी दिए ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्यले बैंकिङ्ग सेवाहरुमा आएको आधुनिकताले बैंकिङ्ग सरल र सहज हुदैँ गएको उल्लेख गर्दै बैंकबाट लिएको कर्जाको पूर्ण सदुपयोग तथा वित्तीय अनुशासनको पूर्ण पालना गर्नु पर्ने धारण राखे । कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय बीरगञ्जका निर्देशक राम प्रसाद गजुरेलले बैंकको तर्फबाट नियमित रुपमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरि रहेको र यूवाहरुमा यस्तो कार्यक्रमको प्रभावकारिता र आवश्यकता अझ बढी रहेको धारणा ब्यक्त गरे ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा. विनय श्रेष्ठ, कृषि विकास बैंक लि. शाखा कार्यालय बीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटी तथा प्रदेश कार्यालय बीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने उक्त कलेजमा अध्यनरत स्नातक एवं स्नाकोत्तर तहका विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij