काठमाडौं – गएराति ललितपुरको ढोलाहिटीमा भएको ग्याङ फाइटमा दुई जनाको मृत्यु भएको छ । राति करिव ९ बजे घटना भएको प्रहरीले जनाएको छ । घटनामा धरान घरभई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राईको मृत्यु भएको छ । ग्याङ फाइटमा संलग्न १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij