काठमाडौं – नेकपा एमालेले इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमाउम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सुहाङ एमाले नेता एंव पूर्व सभामुख स्व.सुवासचन्द्र नेम्वाङका छोरा हुन् । नेम्वाङको गत भदौमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij