२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माओवादी उपाध्यक्ष महरा थुनामुक्त

माओवादी उपाध्यक्ष महरा थुनामुक्त

1.6K
Shares

काठमाडौं – नौ किलो सुन तस्करी प्रकरणमा महरा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छाडिएको बताइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।

महराको बयान बिहीबार नै सकिएको थियो ।  पक्राउ परेलगत्तै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालबाट लगेर महराको बयान लिइएको थियो ।  महराले इन्कारी बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij