२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

965
Shares

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’का उपलक्ष्यमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना सातै प्रादेशिक र शाखा कार्यालयमार्फत यही चैत ६ गतेदेखि ११ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ नारा ‘प्रोटेक्ट योर मनी, सेक्युर योर मनी’ भन्ने रहेको छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ अनुसार बैंकको देशैभरिका शाखा कार्यालयले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालय, तीन सय पाँच एटिएम र ९८ वटा शाखारहित बैंकिङ, ७१ एक्स्टेन्सन काउन्टर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij