२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सभामुख नेतृत्वको टोली स्विट्जरल्याण्ड प्रस्थान

सभामुख नेतृत्वको टोली स्विट्जरल्याण्ड प्रस्थान

1.1K
Shares

काठमाडौं – सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्विट्जरल्याण्ड प्रस्थान गरेको छ । संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी हुन बिहीबार स्विट्जरल्याण्ड प्रस्थान गरेका हुन् ।

आईपीयू प्रधान कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ । टोलीमा सभामुख घिमिरे सहित सांसदहरु रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे छन् ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसदका उपसचिव प्रदीप गुरागाईं सहभागी छन् ।

टोली यही चैत १६ गते स्वदेश फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij