काठमाडौं – आरकेडी होल्डिङ्स लिमिटेडले बुक बिल्डिङ प्रणालीमार्फत् आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने रकम बराबरको सार्वजनिक सेयर बुक बिल्डिङ प्रणालीमार्फत् निष्कासन गर्ने प्रस्ताव गत शनिबार सातौं साधारण सभाबाट पारित गरेको हो।
कम्पनीको अधिकृत पुँजी ५ अर्ब रूपैयाँ र जारी पुँजी ३ अर्ब ५१ करोड रूपैयाँ रहेको छ। यसका लागि आवश्यक प्रक्रिया धितोपत्र बोर्डमा प्रस्तुत गर्ने गरी अगाडि बढाउने निर्णय गरेको कम्पनीका सचिव रोमनमान श्रेष्ठले बताए।
साथै कम्पनीले आम सेयर लगानीकर्तालाई १० प्रतिशत बोनस दिने निर्णय गरेको छ। साधारणसभाले २०७८-७९ को आम्दानीबाट लगानीकर्तालाई १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो।
कम्पनीले रियल स्टेट, निर्माण क्षेत्र र पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको छ। सभामार्फत् कम्पनीले कर प्रयोजनको लागि तीन करोड बढी रकम छुट्याएको छ।
आरकेडी होल्डिङअन्तर्गत टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, पंचासे केवलकार एण्ड टुर्स लिमिटेड, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड, बिजबजार लिमिटेड, लर्ड बुद्ध इन्टरनेसनल टुरिजम गार्डेन, बन्दीपुर स्काईवाक एण्ड रिक्रियसन प्रालि, बन्दीपुर बैंक्वेट एण्ड इभेन्ट प्रालि, सिद्ध गुफा रोपवेज प्रा. लि लगायतको कम्पनी लगानी समूह रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij