२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१ अर्ब २१ करोडको सेयर किनेर कर्मचारी सञ्चय कोष माछापुच्छ्रे बैंकमा प्रवेश

१ अर्ब २१ करोडको सेयर किनेर कर्मचारी सञ्चय कोष माछापुच्छ्रे बैंकमा प्रवेश

2.3K
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकको संस्थापक शेयर आज एकैदिन १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर बिक्रि भएको छ।

बैंकको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो । बैंकमा सबैभन्दा बढी शेयर रहेको सुरेन्द्र महतोले बिक्रीमा राखेको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो ।आज सो कारण सबैभन्दा बढी शेयर खरिदबिक्रिमा बैंक रहेको छ ।

नेप्सेका अनुसार बैंकको १ करोड ७ लाख ३७ हजार कित्ता सेयर ११ पटक खरिदबिक्री हुँदा १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । उक्त सेयर प्रतिकित्ता ११३ सय रुपैयाँका दरले खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
कर्मचारी सञ्चय कोषले विभिन्न बैंकमा अर्बौ रुपैयाँ लगानी गरेको छ । यसअघि कोषले हिमालयन बैंक, नेपाल एबविआई बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक लगायतमा ठूलो लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij