२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1.2K
Shares

काठमाडौं– साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले भोली अर्थात चैत ९ गते बुकक्लोज गर्दैछन्।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
साल्ट ट्रेडिङ्गले चैत २३ गते, शुक्रबार, त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकालि, काठमाडौँमा ५७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले ऋण सुविधा लिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij