२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश, नेपाल कुन स्थानमा ? (सूचीसहित)

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश, नेपाल कुन स्थानमा ? (सूचीसहित)

2.5K
Shares

काठमाडौं –  विश्वको सबैभन्दा खुसी देश फिनल्यान्ड बनेको छ । संयुक्त राष्ट्र संघीय एजेन्सीले सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’का अनुसार खुसी देश बनेको हो ।

सूचकांक पहिलो नम्बरमा रहेको फिनल्यान्ड लगातार सातौँ वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको हो । बुधबार सार्वजनिक प्रतिवेदनका अनुसार अफगानिस्तान सबैभन्दा कम खुसी देशका रूपमा १४३औँ स्थानमा छ । फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जमवर्ग, स्विट्जरल्यान्ड र अष्ट्रेलिया क्रमशः सबैभन्दा खुसी एकदेखि १०औँ स्थानमा छन् ।

नेपाल सूचांकको ९३औँ स्थानमा छ । चीन ६०औँ स्थानमा र भारत १२६औँ स्थानमा छ । नेपालभन्दा बढी खुसी इराक ९२औँ स्थानमा र कम खुसी लाओस ९४औँ स्थानमा छ । अमेरिका २३औँ स्थानमा छ । यस्तै, रूस ७२ र युक्रेन १०५औँ  स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij