काठमाडौं – बुधबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक ३ दशलमव ३४ अंकले घटेर २,०६३ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ । आज म्युचुअल फण्ड र माइक्रोफाइनान्स उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।
आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३०५ कम्पनीको शेयर किनबेच हुँदा १४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९४ कम्पनीको शेयर मूल्य बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.३६ अंकले घटेर ३६८.०३ विन्दुमा कायम भएको छ । १३ वटा समुहमध्ये १० वाटा समुहको शेयर घटेको छ भने ३ समुहको शेयर मूल्य बढेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij