२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

1.8K
Shares

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीका नाममा रहेको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

संस्थाले बुधबार एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यसका लागि ३५ दिनको अवधि दिइएको छ।

इच्छुक संस्थापक सेयरधनीले तोकिएको मितिमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काभ्रेको साँगास्थित संस्थाको केन्द्रीय कार्यालय वा काठमाडौंको ठमेलस्थित संस्थाको शेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा निवेदन दिनुपर्ने छ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij