२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रमेश कर्पले चौथो संस्थापक दिवसको अवसरमा गर्यो वृक्षारोपण

रमेश कर्पले चौथो संस्थापक दिवसको अवसरमा गर्यो वृक्षारोपण

1.1K
Shares

काठमाडौं– रमेश कर्पले आफ्नो संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा उनको स्मृति र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै वृक्षारोपण कार्यक्रमको आयोजना गरेकाे छ ।

हरेक वर्षझै, संस्थापक दिवस स्वर्गीय रमेश गुप्ताको मूल्यमान्यतालाई स्मरण गर्दै, तिनै आधारभूत विश्वासलाई प्रतिबिम्बित गर्नेगरी उनको संस्थालाई सम्पदा जस्तो गरी विकाश गर्ने महान सोचको सम्झना गर्दै यस दिनलाई वार्षिक अवसरको रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले बताएको छ।

यस वर्ष, चौथो संस्थापक दिवस, काठमाडौंको जगडोलमा वृक्षारोपण कार्यक्रम रमेश कोर्पका ६ आधारभूत मूल्यहरूः निष्ठा, अभियन्ता, साहस, गति, विश्वसनीयता र व्यावसायिकतालाई केन्द्रित गर्दै मनाइएको थियो।

कार्यक्रमकै अवसरमा कम्पनीका अमूल्य कर्मचारीहरुको लगाव र कार्यकुशलताको उचित सम्मान पनि गरिएको थियो र जसले कम्पनीको मुल्य मान्यता र संस्कारलाई जिवित राख्न मद्धत गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको क्रममा, कम्पनीसँग लामो समयसम्म संलग्न भएका सबै कर्मचारीहरुलाई, उनीहरूको समर्पण र कार्यसम्पादनको लागि सम्मान गरिएको थियो, जसले यस कम्पनीको मूल सिद्धान्तहरूलाई समर्थन गर्ने संस्कृतिलाई मान्यता दिइएकाे थियाे ।

नेपालको प्रतिष्ठित व्यवसायीक संस्थाहरुमध्ये एक रमेश कर्पले दिगो विकास, सामाजिक उत्तरदायित्व र सहभागीता र उत्कृष्टतालाई संस्कारको रुपमा विकास गर्दै आएको छ । वृक्षारोपण कार्यक्रम तथा कर्मचारीको उचित मूल्याङ्कन र सम्मान जस्ता कार्यक्रमले कम्पनीले आफ्नो वातावरण र समाजप्रतिको दायित्वबोधलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij