२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्ध एयरको ब्यापार १२ अर्ब १६ करोड

बुद्ध एयरको ब्यापार १२ अर्ब १६ करोड

2.4K
Shares

काठमाडौँ – निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँको ब्यापार गरेको छ । जुन सन् २०२२ को तुलनामा २०.५० प्रतिशतले बढी हो । सन् २०२२ मा बुद्ध एयरले १० अर्ब ९ करोड ८० लाख रुपैयाँको ब्यापार गरेको थियो ।

सन् २०२४ को हालसम्म साढे ३ अर्ब रुपैयाँ माथिको ब्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार ३ अर्ब ३८ करोड रुपैयाँको ब्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ ब्यापार गरेको छ ।

घरेलु यात्रुहरूको सबैभन्दा मनपर्ने एयरलाइन्स बुद्ध भएको छ। विकसित क्षमताले गर्दा कम्पनीले राम्रो ट्र्याक रेकर्ड बनाएको छ। सन् १९९६ मा स्थापना भएको बुद्ध एयरले देशका प्रमुख सहर विराटनगर, भैरहवा, नेपालगन्ज, पोखरा, भद्रपुर, भरतपुर, धनगढीलगायत गन्तव्यमा उडान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij