२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान सुनार निर्विरोध निर्वाचित

रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान सुनार निर्विरोध निर्वाचित

1.7K
Shares

काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान सुनार निर्विरोध निर्वाचित भएका छन्। महासंघको १०औं वार्षिक साधारण सभाको अवसरमा भएको निर्वाचनमा प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा र द्वितीय उपाध्यक्ष सुधिर अग्रवाल निर्विरोध निर्वाचित भएका हुन्।

तृतीय उपाध्यक्षमा प्रेम बहादुर वि.क, महासचिव निरबहादुर विश्वकर्मा, सचिब केशरबहादुर वि.क र पृथ्वी विश्वकर्मा, कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा र सह–कोषाध्यक्षमा दिपक धनुके निर्वाचित भएका छन्।

यसैगरी कार्यसमिति सदस्यमा बुद्धि बहादुर वि.क, भुपेन वि.क, उमेश गहतराज, कुमार विश्वकर्मा, जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर वि.क, कमलप्रसाद लामिछाने, त्रिलोचन विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सूर्यकुमार बराल, सुरथबहादुर सुनार, हेम सागर गहतराज(सुनार), उमेशप्रसाद शाह, निरन्जन कुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्या सागर ताम्राकार निर्वाचित भएका छन्।

यस्तै महिला आरक्षित सिटमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा साथै प्रदेश सदस्य(पदेन)मा रामबहादुर वि.क, देवी कृष्ण पाण्डेय र देविलाल वि.क सर्वसम्मत निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij