२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बोनस सेयरमा लाग्ने कर तिर्न सेयरधनीलाई हिमालयन लाइफ इन्सुरेन्सको आग्रह

बोनस सेयरमा लाग्ने कर तिर्न सेयरधनीलाई हिमालयन लाइफ इन्सुरेन्सको आग्रह

11.3K
Shares

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । साविकको गुराँस लाइफ र यूनियन लाइफको आर्थिक वर्ष २०७७।७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

साधारण सभा प्रयोजनार्थ बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म कायम केही शेयरधनीले हालसम्म पनि करको रकम नतिरेपछि कम्पनीले एक सूचना जारी गर्दै उक्त रकम तिर्न भनेको हो ।

शेयरधनीले रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गराउन सक्नेछन् । रकम जम्मा भएपछि बोनस शेयर कित्ता हितग्राही खातामा जम्मा गराइने कम्पनीले बताएको छ ।

साथै, भौतिक शेयर धारण गर्ने शेयरधनीको हकमा कर बापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नम्बर उपलब्ध गराएमा वा आफ्नो शेयर अभौतिकरण गराए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij