२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

आजबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

2.3K
Shares

काठमाडौं – आज मंगलबारदेखि सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा आउने भएको छ। यो कम्पनीले आइपीओ सोमबार नेप्सेमा सूचीकरण भएसँगै आजबाट कारोबारमा आउने भएको हो। नेप्सेमा कुनै पनि कम्पनीको आइपीओ सूचीकरणको दोस्रो दिनबाट शेयर कारोबारमा आउने गर्छ।

नेप्सेमा सर्वोत्तम सिमेन्टको १०० रुपैयाँ अंकित दरका कुल ४ करोड ६५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४ करोड ५ लाख कित्ता र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय, योग्य संस्थागत लगानीकर्ता र कर्मचारीसमेत)को गरी ६० लाख कित्ता रहेका छन्।
नेप्सेले सर्वोत्तम सिमेन्टलाई ‘एसएआरबीटीएम’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम प्रतिकित्ता १८५.३६ रुपैयाँदेखि अधिकतममा ५५६.०८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। आज स्पेसल प्रिसेसनमा नेप्सेले तोकेको रेन्जभित्र सर्वोत्तम सिमेन्टको शेयर खरिदबिक्री भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

बुक बिल्डिङ विधिबाट सर्वोत्तम कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँ र त्यसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँ शेयर बिक्री गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij