२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

2K
Shares

काठमाडौँ –  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ४ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij