२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ कसुरमा पक्राउ परेका १० जना बैंकर छुटे हाजिर जमानीमा

बैंकिङ कसुरमा पक्राउ परेका १० जना बैंकर छुटे हाजिर जमानीमा

2K
Shares

काठमाडौं – बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना बिहीबार छुटेका छन्। उनीहरु हाजिर जमानीमा छुटेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार अब उनीहरु हरेक दिन सीआईबीमा उपस्थित हुनुपर्नेछ। अनुसन्धानको कामहरू सकेपछि उनीहरूलाई बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

हाजिरी जमानीमा छुट्नेहरुमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, सविन घिमिरे, दिलीप बराल, रमन श्रेष्ठ, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनिल बस्नेत र दिपेश प्रधान छन्। उनीहरुलाई गत फागुन १५ गते सीआईबीले पक्राउ गरेको थियो। त्यसपछि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान सुरु गरिएको थियो।

उनीहरूले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij