काठमाडौं – रुरु जलविद्युत परियोजनाको करिब साढे ४४ लाख कित्ता शेयरको लकइन पिरियड आउँदो वैशाख ३ गतेबाट सकिने भएको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै धितोपत्र बोर्डको निर्देशनबमोजिम कुल ४४ लाख ४४ हजार ८९१ कित्ता शेयरको लकइन अवधि उक्त मितिमा सकिने जानकारी गराएको हो। जसमा संस्थापक ३९ लाख ४५ हजार ८८८ कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८५८ कित्ता शेयर रहेका छन्।
कम्पनीले सर्वसाधारणलाई आइपीओ ल्याएर २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij