२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकको साधारण सभा सम्पन्न

कृषि विकास बैंकको साधारण सभा सम्पन्न

1.4K
Shares

काठमाडौं– कृषि विकास बैंकको सत्रौं वार्षिक साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा फागुन ३० गते सम्पन्न भएको छ । सत्रौं बार्षिक साधरणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बुधबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७९–८०को वासलात, नाफा नोक्सान हिसाब लगायतको वित्तीय विवरणहरु स्वीकृत गरेको छ । उक्त साधरण सभामा बक्ताको रुपमा भाग लिनु भएका सेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

साधारणसभामा सेयरधनीहरुका अलवा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक सञ्चालक समितिका सदस्यहरु महेश आचार्य, डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द प्रसाद भट्टराई, सञ्जिव पौडेल, विनोद कुमार गुरागाँई र श्रीमति रीता सुवेदीको उपस्थिति थियो ।

कृषि विकास बैंकले बृहत कार्य सञ्जालद्धारा आफ्ना वस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको छ । बैंक नेपालका वाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको बैंक समेत हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij