काठमाडौैं – मंगलबार नेप्से परिसूचक बढेर २१०० माथि उक्लिएको छ। नेप्से आज ५८.५८ अंकले बढेर २१११.२४ को विन्दुमा पुगेको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ।
आज १ करोड बढी कित्ता शेयर किनबेच भएका छन्। कारोबार पनि साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ।
आज उच्च कारोबार भएका कम्पनीमा शिवम सिमेन्टः ३७ करोड १९ लाख रुपैयाँ,सोनापुर मिनरल्सः २४ करोड ९ लाख रुपैयाँ,
सन नेपाल लाइफः १६ करोड ५२ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सः १५ करोड ७१ लाख रुपैयाँ, माउन्टेन इनर्जीः ११ करोड ११ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीः ११ करोड ६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९१ लाख रुपैयाँ, गोर्खाज फाइनान्सः ९ करोड २३ लाख रुपैयाँ, हिमालयन लाइफः ९ करोड ३ लाख रुपैयाँ,घोराही सिमेन्टः ८ करोड ९८ लाख रुपैयाँ रहेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij