२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णयहरु

2.2K
Shares

काठमाडौ – मन्त्रिपरिषद्को सोमबारको बैठकले कांग्रेस कोटाका तीन प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ सिफारिस गरेको छ । मन्त्रिपरिषद्को दाेस्राे बैठकले तीन प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

राष्ट्रपतिकहाँ मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि सिफारिस छ ।
अहिले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij