२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको उपचारको क्रममा मृत्यु

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको उपचारको क्रममा मृत्यु

1.3K
Shares

काठमाडौं – कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत् ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक (सई) टोपबहादुर खत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु भएको हो । खत्रीको आइसियूमा उपचार हुँदै आएको थियो।
प्रहरीका अनुसार, २० फागुन प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई ठक्कर दिने बसका चालक नवराज गिरीविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij