२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वरोजगार लघुवित्तको साधारण सभा सम्पन्न

स्वरोजगार लघुवित्तको साधारण सभा सम्पन्न

1K
Shares

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शनिवार नेपाल हाउस हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले सर्वसाधारणमा एफपीओ निष्कासन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा फागुन १० गते सम्म कायम शेयरधनीले लाभांश पाउनयोग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij