२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत

नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत

7.3K
Shares

काठमाडौं – नेप्सेमा आज आइतबार ३ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ ।

नेपाल एसबिआई बैंकको ३ दशलमव ७५ प्रतिशतका दरले ३७ लाख ९५ हजार २३५ दशमलव ७६ कित्ता बोनश शेयर, आरएसडिसी लघुवित्तको ८ दशलमव ६ प्रतिशतका दरले ७ लाख ४७ हजार ८२८ दशलमव ६५ कित्ता र मुक्तिनाथ विकास बैंकको ९ दशलमव ७५ प्रतिशतका दरले ६२ लाख ६० हजार ३७७ दशलमव ७६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यी कम्पनीहरुले आफ्नो-आफ्नो साधारण सभाबाट पारित गरेको बोनश शेयर सूचिकृत गराएका हुन् । अब यी कम्पनीको शेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij