काठमाडौं – शुक्रबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (फागुन २५ गते) छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । यसको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम रहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १५०० रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो । त्यसैगरी, चाँदीको मुल्य ४० रुपैयाँ बढेको थियो ।