काठमाडौं – नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा बन्द भएको छ। आज बजारमा ३०९ कम्पनीका ८९ लाख २९ हजार १५२ कित्ता शेयर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२०.३५ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचीमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीको संस्थापक शेयरको उच्च कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ५६ करोड २० लाख रुपैयाँ, शिवम सिमेन्टः १६ करोड ४१ लाख रुपैयाँ, सोनापुर मिनरल्सः १३ करोड ४१ लाख रुपैयाँ, मोलुङ हाइड्रोपावरः १३ करोड ३७ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ९ करोड ७९ लाख रुपैयाँ, गोर्खाज फाइनान्सः ७ करोड ८६ लाख रुपैयाँ, जोशी हाइड्रोपावरः ७ करोड ३८ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सः ६ करोड ५२ लाख रुपैयाँ, युनियन हाइड्रोपावरः ४ करोड ७४ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाः ४ करोड ४४ लाख रुपैयाँ रहेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij