२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा

945
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडको ५ लाख २५ हजार कित्ता सेयर बिक्री खुला भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

पहिलो चरणमा बिक्री खुला गरिएको यस सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि इच्छुकले ३५ दिनभित्र माग गर्नुपर्नेछ ।

इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा कान्नी प्रावधान बमोजिम अन्य व्यक्ति तथा संस्थालाई उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij